काठमाडौं । नेपाल राष्ट्र बैंकले उत्पादनमूलक उद्योगमा बैंकहरुलाई सस्तो सस्तो ब्याजदरमामै ऋण प्रवाह गनुपर्ने जनाएको छ । राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै उत्पादनमूलक उद्योगमा आधार दर (बेस रेट) मा २ प्रतिशतसम्म मात्र प्रिमियम थप गरेर ऋणको ब्याज तोक्नुपर्ने व्यवस्था गरेको छ ।
यसबाहेक २ करोड सम्मको खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय, उद्यम व्यवसायमा पनि आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
२० लाख सम्मका यस्ता कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्ने व्यवस्थालाई भने यथावत राखिएको छ ।