काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन ३ गते ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव देखिए पछि बैंकले रिपो मार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो ।
राष्ट्र बैंकले मंगलवार सूचना जारी गर्दै फागुन १७ गते परिपक्व हुने गरी ३० अर्ब बराबरको रिपो बोलकबोल गर्ने भएको छ । उक्त बोलकबोल अनलाइन माध्यमबाट हुनेछ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् ।
राष्ट्र बैंकले यस अघि माघ १२ गते ५ अर्बको रिभर्स रिपो जारी गरेको थियो ।