images
images

अराजकता नियन्त्रण गर्न माग


  • 264
    SHARES
  • २०७९ फाल्गुण २ गते मंगलबार

    अराजकता नियन्त्रण गर्न माग

    काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदले मुलुकमा पछिल्ला दिनमा फैलिएको अराजकताले सीमा नाघेको उल्लेख गर्दै त्यसको नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

    सांसद गोमादेवी तिमिल्सिनाले यातायात मजदुरको नाममा अराजकता फैलिएको र मानिस कुटिएको विषयमा उहाँले सदनले ध्यानाकर्षण गराए । सांसद लुतप्रसाद विश्वकर्माले नारायणगढ बुटवल सडकखण्ड निर्माणमा तीव्रता दिन माग गरे। सांसद नारायणदत्त मिश्रले शहीद दशरथ चन्दको नाममा मेडिकल कलेज स्थापना हुन लागेको खुसी व्यक्त गरे । उनले लघुवित्त र मिटरब्याजीको हैसियत उस्तैउस्तै देखिएको बताए ।

    सांसद नारायण दाहालले लघुवित्त र अन्य बैंक तथा वित्तीय संस्थाको ब्याजलाई देखाएर राज्य व्यवस्थामा पथ नै आक्रमण भएको विषयमा सदनको ध्यानाकर्षण गराए । नयाँ बसपार्कमा सोमबार भएको घटनाका बारेमा सत्यतथ्यको जानकारी गराउन माग गरे । भुवनबहादुर सुनार, लाक्पा सोनाम ग्याल्जेन शेर्पालगायतले मुलुकको समसामयिक राजनीतिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराए । 


    images
    images

    Logo