काठमाडौं । भारतको आयकर विभागद्धारा ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को दुई कार्यालयमा छापा मारेको छ । विभागका कर्मचारीहरूले एकैसाथ बिबिसीका दुई कार्यालयमा खानतलासी गरेको हो ।
बीबीसीको दिल्लीस्थित कार्यालयमा कार्यरत कर्मचारीहरुलाई आयकर विभागको टोलीले घर पठाइदिएको छ । यता, मुम्बईमा बीबीसीका दुई वटा कार्यालय रहेका छन् । जसमध्ये एउटामा आयकर विभागले सर्वेक्षण अघि बढाएको छ भने अर्को कार्यालयका कर्मचारीहरुलाई घर पठाइएको छ ।
बीबीसीले भर्खरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संलग्न रहेको २००२ को गुजरात हिंसासँग सम्बन्धित वृत्तचित्र सार्वजनिक गरेको थियो । देशभरका विभिन्न कलेज र विश्वविद्यालयमा स्क्रिनिङ गरिए पनि सामाजिक सञ्जाल र अनलाइन च्यानलमा उक्त वृत्तचित्र प्रसारणलाई भारतको केन्द्र सरकारले प्रतिबन्ध लगाएको छ ।



