images
images

नेपालले टर्कीको लागि पठायो २२ टन राहत सामग्री 


  • 383
    SHARES
  • २०७९ फाल्गुण १ गते सोमबार

    नेपालले टर्कीको लागि पठायो २२ टन राहत सामग्री 

    काठमाडौं । नेपाल सरकारले टर्कीका भूकम्प पीडितलाई राहत सामग्री पठाएको छ । पराष्ट्र मन्त्रालयका अनुसार औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहितको २२ टनभन्दा बढी राहत सामग्री पठाएको हो ।  त्यसमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु समावेश छन् ।

    गत सोमबार आएको शक्त्तिशाली भूकम्पमा परी टर्की नराम्रोसँग प्रभावित भएको छ । भूकम्पमा परी टर्कीमा करिव ३० हजार व्यक्तिको मृत्यु भइसकेको छ । उद्धार कार्य जारी रहेको छ भने भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या अझै हजारौँ रहेको हुनसक्ने अनुमान गरिएको छ ।  

    २५ माघ गतेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो । साेही निर्णयकाे आधारमा आज राहत सामग्री पठाए मन्त्रालयले जनाएकाे छ । 

     

     

     


    images
    images

    Logo