images
images

गरिब परिवार पहिचान गरी परिचयपत्र वितरण


  • 403
    SHARES
  • २०७९ फाल्गुण १ गते सोमबार

    गरिब परिवार पहिचान गरी परिचयपत्र वितरण

    काठमाठौं । ताप्लेजुङमा गरिब परिचयपत्र वितरण सुरु भएको छ । गत साता सिरिजङ्घा गाउँपालिकाले गरिब परिवार पहिचान गरी उक्त परिचयपत्र वितरण सुरु गरिएको होे । 

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलका अनुसार पालिकाका ८ वडामा परिचयपत्र वितरण गरिने छ । हालसम्म एक सय एक परिवार अति गरिब, एक सय ५५ परिवार मध्यम र एक सय ४४ परिवार सामान्य गरिब परिवारका रुपमा पहिचान भएका छन् ।

    गाउँपालिका—४ तेल्लोकका गरिब पहिचान भएका घर परिवारलाई पहिलो चरणमा परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ । अति गरिब परिवारले रातो, मध्यमले पहेँलो र सामान्यले निलो रङ्गको परिचयपत्र पाएका छन् । तेल्लोकपछि बाँकी ७ वडाहरूमा क्रमशः परिचयपत्र वितरण गरिने भएकोे छ । 

    गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५ अनुसार गरिब भन्नाले नेपाल सरकारको निश्चित् मापदण्डअनुसार समय–समयमा तोकेको राष्ट्रिय वा क्षेत्रगत गरिबीको रेखामुनी रहेको, शिक्षा स्वास्थ्यजस्ता मानव विकास सूचकको आधारमा पिछडिएको र निश्चित लिङ्गगत तथा सामाजिक समूहका आधारमा राष्ट्रिय विकास प्रक्रियामा समावेश हुन नसकेका व्यक्ति वा समूहलाई जनाउँछ । 

    एक नगरपालिकासहित नौ स्थानीय तह रहेको ताप्लेजुङमा अन्य पालिकाले भने गरिबको विवरण सङ्कलन गरिरहेको जनाइएको छ ।


    images
    images

    Logo