काठमाडौं । ताप्लेजुङमा ४.८ म्याग्निच्युडको भूकम्प गएको छ । सोमवार बिहान साढे ४ बजे उक्त भूकम्प गएको हो ।
आज ताप्लेजुङको लेलेप आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो परकम्प नभई नयाँ भूकम्प हो । भूकम्पपछि हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।