images
images

यस्तो छ चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा (पूर्णपाठ)


  • 380
    SHARES
  • २०७९ माघ २९ गते आइतबार

    यस्तो छ चालु आर्थिक वर्षको  बजेटको अर्धवार्षिक समीक्षा (पूर्णपाठ)

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलेले आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेका छन् ।  उनले समीक्षा मार्फत बजेटको आकार घटाएका छन् । अर्थमन्त्री  पौडेलले बजेटको आकार अस्वभाविक भएको भन्दै मध्यावधी समीक्षामार्फत बजेटको आकार घटाउने संकेत यसअघि नै गरिसकेका थिए। 

    उनले समीक्षा प्रस्तुत गर्दै बेज्तले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हाँसिल नहुने बताएका छन् ।  बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले १५ खर्ब ४९ अर्ब ९९ करोडमा सिमित गरेका हुन् ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मापदण्ड, कार्यविधि, निर्देशिका र सञ्चालन विधि स्वीकृत नभएका कार्यक्रमहरू स्थगित गर्ने घोषणा गरेका छन् । पौडेलले बजेट अभाव भएकाले त्यस्ता कार्यक्रम स्थगित गर्नु परेको बताए । स्रोतको उपलब्धताका आधारमा आगामी दिनमा त्यस्ता कार्यक्रम क्रमश: फुकुवा गर्दै जाने उनको भनाइ छ ।

    यस अघि अर्थ मन्त्रालयबाट स्रोतको सहमति लिएका तर कार्यान्वयनमा जान बाँकी रहेका आयोजनाहरूको समेत पुन:प्राथमिकीकरण गरी कार्यान्वयनमा लैजानु पूर्व सम्बन्धित मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिनु पर्ने व्यवस्था गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

    गत जेठ १५ गते संसदमा १७ खर्ब ९३ अर्ब ९३ करोडको बजेट प्रस्तुत भएको थियो । यसअनुसार अर्थमन्त्री विष्णु पौडेलले २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट घटेको हो ।

    चालु वर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोतबाट (राजस्व र आन्तरिक ऋण) १३ खर्ब ४१ अर्ब रुपैयाँ, वैदेशिक अनुदानतर्फ ३८ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ र वैदेशिक ऋणतर्फ १ खर्ब ७० अर्ब ५३ करोड ९४ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान रहेको छ।

    उनले पुस मसान्तसम्म ६ अर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ बराबर रावश्व संकलन गर्ने लक्ष्य रहेकोमा २४.८ प्रतिशतले कमी आई ४ अर्ब ९० अर्ब ४ करोड रुपैया संकलन भएको बताए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले राजश्व संकलनमा कमी आएको हो ।


    images
    images

    Logo