images
images

फागुनभित्र मोटरसाइकलको कर बुझाएमा ५ वर्षको जरिवाना छुट


  • 724
    SHARES
  • २०७९ माघ २६ गते बिहीबार

    फागुनभित्र मोटरसाइकलको कर बुझाएमा ५ वर्षको जरिवाना छुट

    काठमाडौं । यातायात व्यवस्था कार्यालय मोटरसाइकल, काठमाडौंले फागुनभित्र मोटरसाइकलको कर बुझाउनेलाई ५ वर्षको जरिवाना छुट दिने व्यवस्था गरेको छ । कार्यालय बिहीवार सुचना जारी गर्दै सो जानकारी गराएको हो । 


    आर्थिक वर्ष २०७०र७१ देखि आर्थिक वर्ष २०७५–७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले यही फागुन मसान्तभित्र कर बुझाएमा जरिवाना छुट दिने कार्यालयले जनाएको छ ।

    कार्यालयले विगत आर्थिक वर्षहरुदेखि कर तिर्न बाँकी भएका सवारी धनीहरुलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रहसमेत गरेको छ । 

    साथै, प्रयोग नभएका सवारी साधनहरु चालु आर्थिक वर्षसम्मको कर नवीकरण तथा जरिवाना रकम भुक्तानी गरी विधिवत् लगतकट्टा गर्न पनि विभागले अनुरोध गरेको छ ।

    Notice.webp


    images
    images

    Logo