काठमाडौं । यातायात व्यवस्था कार्यालयले फागुन मसान्तभित्र मोटरसाइकलको कर तथा नविकरण गरे सो अवधिको जरिवाना छुट हुने भएको छ । कार्यालयले आज सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।
प्रयोग नभएका सवारी साधनहरु चालु आर्थिक वर्षसम्मको कर नवीकरण तथा जरिवाना रकम भुक्तानी गरी विधिवत् लगतकट्टा गर्न पनि विभागले जनाएको छ ।
ट्राफिक प्रहरीको कारबाहीमा परी प्रहरी कार्यालयमा रहेमा सवारी साधनका धनीहरुलाई पनि कर, नवीकरण तथा दण्ड दस्तुर तिरेर सवारी साधन जिम्मा लिन आग्रह गरिएको छ ।
सवारी कर भुक्तानी नगरेका सवारी साधन एवं सवारी धनीहरुको लगत तयार गरी सम्बिन्धित स्थानीय तहसँगको सहकार्यमा कर संकलन कार्यलाई कडाइका साथ लागू गर्न गइरहेको जानकारी पनि विभागले दिएको छ ।
सवारीसाधन कर नविकरण शुल्क र दण्ड जरिवानाको रकमबाट कुनै पनि वहानामा उन्मुक्ति नमिल्ने भएकोले समयमा नै सवारीसाधनको कर तथा बक्यौता रकम भुक्तानी गर्न अनुरोध गरेको छ ।




