काठमाडौं । सिभिल बैंकका कर्मचारी आन्दोलन सुरू गरेका छन् । हिमालयन र सिभिल बैंक बिच मर्ज भई कर्मचारी समायोजन गर्ने क्रममा एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागिएको भन्दै आन्दोलन गरेका हुन् ।
कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सिभलिका कर्मचारीले आज बिहान १० बजेदेखि २ घण्टाका लागि देशभरका शाखा कार्यालयमा पेन डाउन सुरू गरेका छन् ।
कर्मचारीले खाइपाइ आएको सेवा सुविधा नघट्ने भएतापनि सिभलमा रहेको सुपरभाइजर तह हिमालयन बैंकमा खारेज गरिएको हुनाले मर्जर पछि सुपरभाइजर सिनियर असिस्टेन्ट हुने भएको छ । जसले सोही बैंकमा काम गर्दा असर नपरे पनि अन्य बैंकमा जाँदा भने उसलाई असर पर्ने कर्मचारीको भनाइ छ ।