images
images

१ अर्ब ८८ करोडले घट्यो कर्मचारी सञ्चय कोषको बचत, शेयर बजारमा २८ अर्ब लगानी


  • 459
    SHARES
  • २०७९ माघ २५ गते बुधबार

    १ अर्ब ८८ करोडले घट्यो कर्मचारी सञ्चय कोषको बचत, शेयर बजारमा २८ अर्ब लगानी

    काठमाडौं । काठमाडौं । कर्मचारी सञ्चय कोषले बचत १ अर्ब ८८ करोड रुपैयाँले घटेको छ । कोषले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० पुस मसान्तसम्मो विवरण अनुसार  जगेडा तथा बचतको आकार ३८ अर्ब २४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो बचत ४० अर्ब १२ करोड रुपैयाँ रहेको थियो ।

    बचतसँगै बचतसँगै कोषको कुल आकार भने गत वर्षको तुलनामा बढेर ४ खर्ब ७९ अर्ब रुपैयाँमा  पुगेको छ ।पुस मसान्तमा कोषको कोष तथा जगेडाको आकार ४ खर्ब ७९ अर्ब रुपैयाँ  पुगेको हो । अघिल्लो वर्ष यस्तो आकार ४ खर्ब ४८ अर्ब रुपैयाँ मात्रै थियो । 

    सो अवधिको विवरण अनुसार कोषले विभिन्न कम्पनीको शेयर, डिबेञ्चर लगायत धितोपत्रमा गरेर कुल २८ अर्ब ८९ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै, कोषसँग भएको कुल रकममध्ये सञ्चय कोषमा ४ खर्ब ३६ अर्ब तथा निवृत्तिभरण कोषमा ४ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।

    सञ्चय कोषमा रहेको कुल ४ खर्ब ७९ अर्बको कुल कोषमध्ये कोषले सञ्चयकर्तामा मात्रै २ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा तथा सापटी दिएको छ । केषसँग बैंक तथा वित्तीय संस्थामा १ खर्ब ३१ अर्ब रुपैयाँ रहेको छ भने विभिन्न परियोजनामा झन्डै ८० अर्ब रुपैयाँ लगानी गरेको छ । 



    images
    images

    Logo