images
images

यस्ता छन् माघ २३ गते बसेको मन्त्रिपरिषद्को १४ निर्णयहरु 


  • 318
    SHARES
  • २०७९ माघ २४ गते मंगलबार

    यस्ता छन् माघ २३ गते बसेको मन्त्रिपरिषद्को १४ निर्णयहरु 

    काठमाडौं ।  नेपाल सरकारको माघ २३ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले १४ वटा निणर्यहरु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ ।

    त्यस्तै नागमती बाँध आयोजनाको कायान्यवन अघि बढाउन काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका बडा नं. १ मा रहेको करिव १४ रोपनी जग्गा प्राप्ति गर्ने स्वीकृत दिने निर्णय गरेको छ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले १ देखि ५ फागुनसम्म भारत भ्रमण गर्ने भएका छन् ।

    सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव पदमा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रीषरिद्को कार्यालय सचिव पदमा सरुवा गरेको छ । 

    त्यस्तै, सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव (कानुन) धनराज ज्ञवालीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवको पदमा र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव (कानुन) उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सचिव पदमा सरुवा गरेको छ । 

    सरकारले न्याय सेवा आयोगको सिफारिस बमोजिम महान्यायधिवक्ताको कार्यालय सहन्यायधिवक्ता गोपालप्रसाद रिजाललाई राजपत्राङ्कित विशिष्ठ श्रेणीको नायव महान्यायधिवक्ता पदमा बढेवा गरि महान्यायधिवक्ताको कार्यालयमा पदस्थापना गरेको छ ।

    त्यस्तै, बढुवा समितिको सिफारिसबमोजिम विभिन्न मन्त्रालय अन्तर्गतका विभिन्न सेवा/समूह/उपसमूहका राजपत्राङ्कित दितिय श्रेणीका २३ जना अधिकृतलाई सम्वन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा बढुवा गरि पदस्थापना गरेको छ । 

    0791024_page-0001.jpg

    0791024_page-0002.jpg

     


    images
    images

    Logo