काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवीको चोकस्थित बनेको नेपाल प्रहरीको विट हटाएको छ । सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियान अन्तर्गत मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिट नगरप्रहरीले प्रहरीकै सहकार्यमा हटाएको हो।
मंगलबार मध्यान्ह पुगेको नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेका छन् । त्यसपछि महानगरपालिकाको डोजरले प्रहरी विट भत्काएको छ । उक्त विट सडक र फुटपाथ मिचेर बनाएको थियो ।
मापदण्डविपरित बनेका संरचनाहरू हटाउने क्रममा प्रहरीकै सहकार्यमा प्रहरी बिट हटाउन लागिएको हो ।