images
images

काठमाडौं र ललितपुरका तीन स्थानमा बर्डफ्लू


  • 366
    SHARES
  • २०७९ माघ २४ गते मंगलबार

    काठमाडौं र ललितपुरका तीन स्थानमा बर्डफ्लू

    काठमाडौँ । काठमाडौं उपत्यकामा बर्डफ्लू देखिएको छ । उपत्यकाका काठमाडौ र ललितपुरका तीन स्थानमा बर्डफ्लू देखा परेको हो । पशु सेवा विभागका अनुसार  ललितपुरको खुमलटार, काठमाडौंको नागर्जुन–६ रामकोट र तार्केश्वर –७, संगालछापमा बर्डफ्लू देखिएको हो ।
     
     त्यहाँ पालिएका टर्की र अरु चरा मर्न थालेपछि कृषि अनुसन्धान परिषद् नार्कमा गरिएको परिक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । बर्डफ्लू देखिएसँगै कुखुरा र अन्डा तथा दानाहरु नष्ट गर्ने काम भइरहेको छ । रामकोटमा ४ हजार ५ सय ९१ वटा कुखुरा र २ हजार २ सय ५५ वटा अन्डा नष्ट गरिएको छ । 

    त्यसैगरी, तार्केश्वरमा ९ सय ४० वटा कुखुरा, दाना १ हजार केजी र १ हजार वटा क्रेट नष्ट गरिएको छ । त्यस्तै  ललितपुरको खुमलटारका २ हजार ५ सय ३० वटा अन्डा, २ सय १७ वटा कुखुरा र दाना २ सय ५० केजी नष्ट गरिएको छ ।


    images
    images

    Logo