images
images

भूकम्पमा परी  मृत्यु हुनेको संख्या २४ सय, ६ हजार बढी घाइते


  • 298
    SHARES
  • २०७९ माघ २४ गते मंगलबार

    भूकम्पमा परी  मृत्यु हुनेको संख्या २४ सय, ६ हजार बढी घाइते

    काठमाडौँ । टर्कीमा सोमवार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार ४ सय नाघेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार  ६ हजार बढी घाइते भएका छन् ।

    सोमबार बिहान स्थानीय समय अनुसार ४ बजेर १७ मिनेट जाँदा टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७।८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको छ घण्टामै अर्को शक्तिशाली भूकम्प गएको थियो । 

    सीएनएनका अनुसार सिरिया र टर्कीमा मृत्यु हुनेको संख्या २ हजार ४ सय नाघिसकेको छ । टर्कीमा मात्रै मृत्यु हुनेको संख्या १ हजार ५ सय ५० पुगेको छ ।
    त्यसैगरी सिरियामा ८ सय ५० बढीले ज्यान गुमाएका छन् । 

    भुकम्पले ठुलो संख्यामा भौतिक संरचना भत्काएको र उद्धार कार्य जारी रहेको जनाइएको छ । भुकम्पपछि सयौं परकम्प गएको बताइएको छ । सो भूकम्पको धक्का साइप्रस र लेबनानसम्म पनि महसुस भएको समाचार संस्थाले जनाएका छन ।

    टर्कीका राष्ट्रपति रेसेप तैएप एर्दोगानले भूकम्प प्रभावित  ८ वटा प्रान्तका गभर्नरलाई टेलिफोन गरी क्षति र पछिल्लो अवस्थाको जानकारी लिएका छन । उनले उद्धारलाई तीव्र बनाउन निर्देशन दिएको बताइएको  छ। भत्किएका संरचनामा स्थानीय सेना, प्रहरी र उद्वारकर्ताले पुरिएकालाई  उद्धार गरी अस्पताल पुर्‍याउने कामलाई प्रमुख प्राथमिकता दिएको बताएका छन् ।


    images
    images

    Logo