काठमाडौं । माघ १ गते काठमाडौं–पोखरा उडानका क्रममा दुर्घटनामा परेको यति एयरलाइन्सको दुर्घटनाको कारण खुलेको छ । छानबिन आयोगका अनुसार सो विमान अवतरण गर्ने क्रममा जहाजको बेस लेगमा दुबै इन्जिनका प्रोपेलरहरु फेदर’मा गएका कारण उक्त दुर्घटना भएको हो ।
अवतरणका क्रममा इन्जिनका प्रोपेलरहरु फेदरमा जाँदा आकाशबाट कुनै गह्रौं वस्तु खसे जसरी भुइँमा खस्ने गर्छ । साथै,अत्यधिक घर्षण उत्पन्न हुने आयोगले जनाएको छ ।
विमानको इन्जिनका प्रोपेलरहरु फेदर किन गयो बारे भने आयोगले प्राविधिक र मानवीय दुवै पक्षबारे थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।
माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान सेती नदी खोचमा खसेको थियो । विमानको अधिकांश भाग जलेको थियो । उक्त विमानमा ४ जना चालक दलका सदस्यहरु सहित ७२ जना यात्रु रहेका थिए । जसमध्ये १० बिदेशी नागरिक, अरू ६२ जना नेपाली रहेका थिए । जहाजमा सवार ७२ जनाकै मृत्यु भएको थियो ।



