काठमाडौं । पोखरा विमानस्थलको भन्सार क्षेत्र तोकिएको छ । अर्थ मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार क्षेत्र तोकेको हो । मन्त्रालयले पोखरा विमानस्थल फैलिएको ३ हजार ६ सय ९९ रोपनीसहित ४ किल्ला भित्रको क्षेत्रलाई पोखरा विमानस्थलको भन्सार क्षेत्र तोकिएको हो ।
सरकारले कास्की जिल्ला अन्तराष्ट्रिय विमानस्थल बनेपछि राजपत्रमा सुचना प्रकाशन गरि भन्सार कार्यालय स्थापन गरेको हो । जसमा पोखरा महानगरपालिकाको वडा नं. १४ को स्थित पोखरा अन्तराष्ट्रिय विमानस्थल क्षेत्रले ओगटेको ३ हजार ८ सय ९९ क्षेत्रफलमा फैलिएको सम्पूर्ण क्षेत्रमा भन्सार कानुन लागु हने मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पूर्वमा पोखरा महानगरपालिकाको वडा नं. १४ को विजयपुर खोला र सो खोला अवस्थित विजयपुर प्रथम जलविद्युत आयोजनासँग जोडिएको भूभाग भित्रको क्षेत्र हुनेछ भने पश्चिमतर्फ पोखरा महानगरपालिकाको वडा नं. १४ को काजी पोखरी खहरे खोला र सो खोला पारीको फलेपाटन भन्ने स्थान तथा सोही महानगरपालिका वडा नं. १५ सँग जोडिएको भूभाग समेटिएको छ ।
त्यस्तै, सरकारले तोकेको पोखरा अन्तराष्ट्रिय विमानस्थलको उत्तरी किल्लामा पोखरा महानगरको १४ नं. बडाको पृथ्वी राजमार्गका तथा हवेली मार्गसंग जोडिएको भुभागलाई समेटिएको छ । । त्यसैगरी चौथो अर्थात दक्षिणी भन्सार किल्लामा महानगरको १४ नं. वडा अन्तर्गतको भेडी फर्म, राधाकृष्ण मन्दिर हँदै रामेश्वरी माध्यामीक विद्यालयसंग जोडिएको भुभागलाई कायम गरिएको छ । पोखरा विमानस्थल १ जनवरीबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको हो ।



