काठमाडौं । कात्तिकमा ८.८ प्रतिशतले महंगी बढेको छ । बिहीवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङंक अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०४ प्रतिशत रहेको थियो ।
यो अवधिमा खाद्य तथा पेय पदार्थमा ७.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत रहेको छ भने सोही अवधिमा दुग्ध पदार्थ तथा अण्डाको ९.३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१९
प्रतिशत र मदिराजन्य पेय पदाथको ८.८४ प्रतिशतले बढेको छ ।
त्यस्तै, यातायात क्षेत्रमा १७.७१ प्रतिशत, ोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.४९ प्रतिशतको वृद्धि देखिएको छ । यो अवधिमा काठमाडौं उपत्यकामा ७.५६ प्रतिशत मूल्यवृद्धि हुँदा तराईका जिल्लामा ८.५२ प्रतिशत पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत ले मूल्यवृद्धि भएको छ । अघिल्लो वर्ष पहाडी जिल्लामा सबैभन्दा बढी मूल्यवृद्धि भएको थियो ।
राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १०.०२ प्रतिशत रहेको छ
तलब १२.३९ प्रतिशतले बढ्यो
यो अवधिमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ११.४७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ५.०३ प्रतिशतले बढेको थियो । कात्तिक महिनामा तलब १२.३९ प्रतिशतले बढेको छ भने ज्यालादर ११.१९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।



