images
images

सुनचाँदी व्यवसाय सञ्चालन सम्वन्धी निर्देशिका जारी गर्न महासंघको आग्रह


  • 586
    SHARES
  • २०७९ कार्तिक २३ गते बुधबार

    सुनचाँदी व्यवसाय सञ्चालन सम्वन्धी निर्देशिका जारी गर्न महासंघको आग्रह

    काठमाडौं । सुनचाँदी व्यवसायीहरुले सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी निर्देशिका जारी वाणिज्य तथा आपूर्ति ब्यवस्थापन विभागसँग आग्रह गरेका छन् । 

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधिमण्डलले सुनचाँदी व्यवसाय सञ्चालन सम्वन्धी निर्देशकाको अभावमा व्यवसाय सञ्चालनमा नै बाधा पुगेको भन्दै सीधै निर्देशका जारी गर्न आग्रह गरेको हो ।

    त्यसक्रममा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक कमल भट्टराइले व्यवसायीहरुको मागलाइ आफूले सकारात्मक रुपमा लिएको र सिघ्र निर्देशका जारी गर्न पहलगर्ने बताए । यसका लागि आवश्यक अध्ययनगरी शीघ्र प्रकृया अगाडि बढाउने आश्वाशन उनले दिए । 

    सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी प्रष्ट निर्देशिका नहुँदा व्यवसायीहरु मर्कामा पर्दै आएका छन् । यसैबीच व्यवसायीहरुले बजारको माग अनुरुप आपूर्ति व्यवस्था मिलाउनकालागि आवश्यक पहल गर्न पनि विभाग समक्ष आग्रह गरे । पछिल्लो समय बजारको माग अनुसार सुनको आपूर्ति नहुँदा सुनचाँदी ब्यवसायी मर्कामा परेका छन् । विदेशी विनिमय सञ्चितिको अवस्थालाई देखाउँदै नेपाल राष्ट्र बैंकले सुनको आपूर्ति घटाएका कारण बजारमा सुनको अभाव भएको छ । 

    पछिल्लो समयमा विभिन्न बैंकहरुमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदै आएको छ । बजारको माग भने यो भन्दा निकै बढी भएको व्यवसायीहरुको भनाइ छ । भेटका महासंघका उपाध्यक्षद्वय पवनकुमार सोमानी र महेन्द्ररत्न शाक्य, महासचिव धर्मशुुन्दर बज्राचार्य र सचिव किरणभाइ बज्राचार्यको उपस्थिति थियो । 


    images
    images

    Logo