images
images

नेपाल अष्ट्रेलियासँग ३–० गोलले पराजित


  • 376
    SHARES
  • २०७८ जेठ २९ गते शनिबार

    नेपाल अष्ट्रेलियासँग ३–० गोलले पराजित

    काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । 

    कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाल अष्ट्रेलियासँग ३–० गोलले पराजित भएको हो । 
    पहिलो हाफमा २–० गोलले पछि रहेको नेपालले दोस्रो हाफमा एक गोल खाएको हो । 

    नेपाली टोली पहिलो हाफमा १० खेलाडीमा समेटिएको थियो । नेपालका खेलाडी रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । खेलको ४६ औँ मिनेटमा रोहितले रातो कार्ड पाएका थिए ।
    योसँगै विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपालले अन्तिम खेलमा पराजयको नतिजा निकाल्दै आफ्नो यात्रा समाप्त गरेको छ ।


    images
    images

    Logo