images
images

नेपाली फुटबल टिम आज राति अष्ट्रेलियासँग भिड्दै


  • 654
    SHARES
  • २०७८ जेठ २८ गते शुक्रबार

    नेपाली फुटबल टिम आज राति अष्ट्रेलियासँग भिड्दै

    काठमाडौं । नेपाली फुटबल टिम आज राति अष्ट्रेलियासँग भिड्दै छ । 

    नेपाली समय अनुसार खेल आज राति ९:४५ बजे कुवेत सिटीमा हुनेछ । 

    विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ ।

    कोरोना महामारीपछि बाँकी ३ खेल खेल्न कुवेत पुगेको नेपालले यसअघि चाइनिज ताइपेईलाई २-० ले हराएको थियो भने जवर्डनसंग ३-० ले पराजित भएको थियो ।

    समूह चरणमा ७ खेल खेलिसकेको नेपालले दुई जित र ५ खेलमा हारको नतिजासहित ६ अंक जोडेको छ ।

    विश्वकप छनोटमै २०१९ मा अष्ट्रेलियासँग खेलेको  खेलमा नेपाल ५-० ले पराजित भएको थियो ।

    नेपालका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नतिजाभन्दा पनि प्रदर्शनमा जोड दिने बताएका छन् ।

    उनले नेपालको खेल्ने शैली परिवर्तन भएको र त्यसको नतिजा पनि देखिन थालेको बताए ।

    प्रशिक्षक अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपालका युवा खेलाडीहरुले डेब्यु गर्न सक्ने सम्भावना रहेको समेत बताए  । 

    अष्ट्रेलिया समूहमा लगातार ६ खेल जित्दै शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा छ । 

    नेपालविरुद्ध जिते अष्ट्रेलियाले विश्वकपको छनोटको तेस्रो चरणमा स्थान बनाउनेछ भने एसिया कपमा सिधै छनोट हुनेछ ।

     


    images
    images

    Logo