images
images

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत, मूल्यवृद्धि ८.१ प्रतिशत


  • 339
    SHARES
  • २०७९ आश्विन २७ गते बिहीबार

    यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत, मूल्यवृद्धि ८.१ प्रतिशत

    काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आर्इएमएफ) ले यो वर्ष नेपालको आर्थिक वृद्धि ४.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । आर्इएमएफको प्रतिवेदनअनुसार सन् २०२२ मा यो वर्षको वृद्धिदर ४ .२ प्रतिशतमा सीमित हुने जनाएको हो । सरकारले भने यो वर्ष ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । 

    आईएमएफले आगामी वर्ष भने ५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण समेत गरिएको छ । 

    यो वर्ष मूल्यवृद्धि भने ८.१ प्रतिशतसम्म हुने आईएमएफले जनाएको छ । आगामी वर्ष भने यस्तो मूल्यवृद्धि ७.२ प्रतिशत हुने आइएमएफको प्रक्षेपण छ ।


    images
    images

    Logo