images
images

राजनीतिक प्रतिस्पर्धामा विश्व पौडेलसँग हारे स्वर्णिम, टिकट लिने प्रयास निरर्थक


  • 627
    SHARES
  • २०७९ आश्विन २३ गते आइतबार

    राजनीतिक प्रतिस्पर्धामा  विश्व पौडेलसँग हारे स्वर्णिम, टिकट लिने प्रयास निरर्थक

    काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले नेपाली काँग्रेसका तर्फबाट तिवन क्षेत्र नम्बर १ बाट टिकट पाएका छन् । पौडेललाई काँग्रेसले पार्टीको तर्फबाट उम्मेदवार बनाएको हो । उनले आज क्षेत्रीय निर्वाचन कार्यालयमा पुगेर मनोनयनपत्र दर्ता गर्दैछन् । 

    उता अर्का अर्थशास्त्री स्वर्णिम वाग्लेलाई भने यसपटक टिकट दिइएन । उनी चितवन १ बाटै उम्मेदवार सिफारिस भए पनि उनी गोरखा १ वा काठमाडौं ५ बाट चुनाव लड्ने प्रयासमा थिए । 

    काँग्रेसमा वाग्ले संस्थापन इतरका अर्थशास्त्री मानिन्छन् । उनलाई टिकट दिलाउन महामन्त्री गगन थापाले निकै जोडबल गरेका थिए । यद्यपि उनी सफल भएनन् । अहिले काठमाडाैं ५ मा प्रदीप पाैडेललाई उम्मेदवार बनाइएको छ । वाग्ले सिफारिस भएको चितवन १ मा विश्व पाैडेललाई उम्मेदवार बनाइएको छ । 

    उता विश्व पौडेल भने प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाका निकट मानिन्छन् । यसपटकको संसदीय निर्वाचनमा दुवै उम्मेदवार बन्ने प्रतिस्पर्धामा रहँदा एक अर्काबीच तानातानको अवस्था देखिएको थियो । यो रेसमा यसपटक स्वर्णिमले हारेका छन् । 

    वाग्ले र पाैडेल यसअघि देउवा सरकारकै पालामा राष्ट्रिय योजना आयोगमा सँगै काम गरेका थिए । वाग्ले उपाध्यक्ष हुँदा त्यतिबेला पाैडेल सदस्य थिए । वाग्ले नेतृत्वको आयोगले त्यतिबेला निकै राम्रो काम गरेको चर्चा हुन्थ्याे । पछिल्लोपटक देउवा सरकार बनेपछि वाग्लेले फेरि उपाध्यक्ष बन्ने प्रयास गरेका थिए । त्यतिबेला पाैडेललाई सदस्यकै रुपमा हेरिएको थियो । तर, सबैलाई अचम्मित पार्दै पाैडेल अध्यक्षामा नियुक्त भए । 

    विश्वले उठ्न लागेको क्षेत्रबाट स्वर्णिम सिफारिसमा परेपछि भने उनीहरुबीच सम्बन्ध चिसिएको बताइन्छ । सोही कारण पाैडेल वाग्लेलाई जसरी पनि रोक्ने प्रयासमा थिए । आफू टिकट पाउने र वाग्लेलाई रोक्ने दुवै काम गरेर पाैडेलले आफूलाई अव्बल साबित गरेका छन् । 

    उम्मेदवारी दर्तासँगै पाैडेल आयोगको अध्यक्षबाट स्वत: पदमुक्त हुनेछन् । यद्यपि योबीचमा पाैडेलको कार्यसम्पादन सम्झनलायक बन्न सकेन । आर्थिक योजनाको क्षेत्रमा वाग्लेको नाम पाैडेलको भन्दा अहिले पनि माथि हुने गर्छ । यो राजनीतिक प्रतिस्पर्धामा भने स्वर्णिम नराम्रोसँग हारेका छन् । अब यसको अनुमोदन जनताले गर्छन् कि गर्दैनन् हेर्न बाँकी छ । 


    images
    images

    Logo