images
images

आदर्श लघुवित्तको शेयर कारोबार रोक्का


  • 1.1K
    SHARES
  • २०७९ आश्विन २३ गते आइतबार

    आदर्श लघुवित्तको शेयर कारोबार रोक्का

    काठमाडौं । नेप्सेमा आदर्श लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई गाभ्ने सम्झौता गरेसँगै सो लघुवित्तको शेयर कारोबार रोक्का भएको हो । 

    असोज १४ गते यी दुबै लघुवित्त आपसमा मर्जरमा जाने सम्झौता गरेका हुन् । समझदारी पत्रमा डिप्रोक्स लघुवित्तका अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

    हाल डिप्रोक्स लघुवित्तको चुक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ भने आदर्श लघुवित्तको २ करोड ७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । 


    images
    images

    Logo