images
images

पिपुल्स हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो


  • 498
    SHARES
  • २०७९ आश्विन १४ गते शुक्रबार

    पिपुल्स हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो

    काठमाडौं ।  पिपुल्स हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप गरिएको छ।  कम्पनीले भदौ ३१ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि सो आईपीओ निष्काशन गरेको थियो।

    कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानीयको लागि आईपिओ निष्काशन गरेकोमा आयोजना प्रभावितले अब असोज ३० गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ ।  शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
     
    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय स्थायी बासिन्दाहरुलाई  ३२ लाख कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७ (तत्कालिन ढोढेनी र फलेनी. गा.वि.स.) का स्थानीय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता तथा लमजुङ्ग जिल्लाका स्थानीय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता शेयर निष्काशन गरिएको छ। 


    images
    images

    Logo