images
images

सन्दीपले नखेल्ने भए इंग्ल्यान्डको भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट 


  • 337
    SHARES
  • २०७८ जेठ २३ गते आइतबार

    सन्दीपले नखेल्ने भए इंग्ल्यान्डको भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट 

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले इंग्ल्यान्डको भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् । 

    वर्सेस्टरसायर र्‍यापिड्समा अनुबन्ध भएका सन्दीपले बेलायतको भिसा ढिला आएको र क्वारेन्टिन नियमका कारण भाइटालिटी ब्लास्ट गुमाउने भएका हुन् ।

    लेग स्पिनर सन्दीपको स्थानमा र्यापिड्सले सोधीलाई अनुबन्ध गरेको छ । 

    सन्दीपको भिसा ढिला आएपछि र्यापिड्सले उनीसँगको कन्ट्रयाक्ट रद्ध गरेको थियो ।

    भाइटालिटी ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म हुने तालिका रहेको छ ।  


    images
    images

    Logo