काठमाडौं । वाणिज्य बैंकले एकैसाता ७ अर्ब नयाँ ऋण प्रवाह गरेको छ । नेपाल बैंकष संघले सार्वजनिक गरेको विवरण अनुसार भदौको चौथो सातासम्म आइँपुग्दा बैंकहरुले ४१ खर्ब ८८ अर्ब कर्जा प्रबाह गरेका छन् । अघिल्लो साता यस्तो ऋण ४१ खर्ब ८१ अर्ब रुपैयाँ रहेको थियो ।
यस्तै, बैंकहरुको निक्षेप यो साता ८ अर्ब रुपैयाँले बढेको छ । बैंकहरुले हालसम्म ४४ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको संघले जनाएको छ । अघिल्लो साता यस्तो निक्षेप ४४ खर्ब ३७ अर्ब रुपैयाँ रहेको थियो ।



