images
images

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट, कति जनाले पाए १० कित्ता ?


  • 670
    SHARES
  • २०७९ भाद्र २७ गते सोमबार

    श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट, कति जनाले पाए १० कित्ता ?

    काठमाडौं । श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

    उक्त शेयरमा १८ लाख ३८ हजार ७ सय ५१ आवेदन परेको थियो। जसमध्ये १ हजार ३ सय १५ आवेदन रद्द भएका छन् भने बाँकी १८ लाख ३७ हजार ४ सय ३६ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये ३६ हजार ८ सय ५९ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ।

    लघुवित्तले भदौ १५ गतेदेखि १९ गतेसम्म ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। त्यसमध्ये ५ हजार ४ सय ७० कित्ता शेयर कर्मचारीहरुलाई र १९ हजार ६ सय ९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयर आज बाँडफाँट गरेको हो।


    images
    images

    Logo