images
images

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँटको मिति तोकियो, कति जनाले पाउँछन् आईपीओ ?


  • 3.7K
    SHARES
  • २०७९ भाद्र २४ गते शुक्रबार

    श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँटको मिति तोकियो, कति जनाले पाउँछन् आईपीओ ?

    काठमाडौं । श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँटको मिति तोकिएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आइतबार आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यद्यपी कुनै कारणले आइतबार बाँडपाँट हुन नसकेमा सोमबार आईपीओ बाँडफाँट गर्ने बिक्री प्रबन्धकले जनाएको छ । 

    सो आईपीओमा मागभन्दा धेरै आवेदन परेको छ । यसकारण आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसअनुसार १० कित्ताका दरले आईपीओ बाँडपाँट गर्दा ३६ हजार ८ सय ५९ जनाले मात्रै यो आईपीओ पाउने भएका छन् । उक्त आईपीओमा १९ लाख ५ हजार १ सय ८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ताको लागि आवेदन दिएका थिए । 

    कम्पनीले भदौ १५ गतेदेखि कुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये १९ हजार ६ सय ९० कित्ता सामूहिक लगानी कोष र ५ हजार ४ सय ७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।


    images
    images

    Logo