images
images

खप्तड लघुवित्तको आईपीओ बाँडफाटँ, १ लाख जनाकाे आवेदन रद्द


  • 501
    SHARES
  • २०७९ भाद्र २० गते सोमबार

    खप्तड लघुवित्तको आईपीओ बाँडफाटँ,  १ लाख जनाकाे आवेदन रद्द

    काठमाडौं । खप्तड लघुवित्तको आईपीओ बाँडफाटँ भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज सोमबार बिहान  शेयर बाँडफाँड गरेको हो। सो कम्पनीको आईपीओमा आवेदन बढी परेकाले बिक्रि प्रबन्धक प्रभु क्यापिटलले गोलाप्रथामार्फतबाट आईपीओ बाँडफँड गरेको छ । जसमा १२ हजार ३ सय ४० जनाले १० कित्ताको दरले सेयर पाएका छन्। 

    क्यापिटलका अनुसार आईपिओमा कुल १८ लाख ८३ हजार १ सय १८ जनाको आवेदन परेको थियो । ति मध्ये १ लाख ४४ जनाको आवेदन अयोग्य रहेको र कुल १७ लाख ८३ हजार ७४ जनाको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ ।

    निष्कासन गरिएको कुल कित्तामध्ये ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता कर्मचारीहरूका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको कम्पनीले बताएको छ।


    यी बाहेक १ लाख २३ हजार ४ सय कित्ता आइपिओ सर्वसाधारणमा बिक्रीमा आएको हो। 


    images
    images

    Logo