images
images

असोजबाट शुक्रबार सेयर कारोबार बन्द हुने


  • 492
    SHARES
  • २०७९ भाद्र १९ गते आइतबार

    असोजबाट शुक्रबार सेयर कारोबार बन्द हुने

    काठमाडौं । असोजबाट शुक्रबार सेयर कारोबार बन्द हुने भएकाे छ । नेप्सेको आइतबार बसेको सञ्चालक समितिको बैठकले असोज महिना देखि शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो । यसपघि साताको शुक्रबार पनि शेयर कारोबार हुने गरेकोमा असोजदेखि शुक्रबार शेयर कारोबार नहुने भएको छ । 

    यसअघि जेठबाट सरकारले सातामा दुई दिन सरकारी विदा दिने निर्णय गरेपछि  नेप्सेले आइतबारदेखि बिहिबारसम्म ११ बजेदेखि ३ बजेसम्म र शुक्रबार ११ बजेदेखि १ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । तर सरकारले साताको एक दिन मात्र सरकारी विदा दिने निर्णय गरेपछि नेप्सेले पनि असोज देखि  शुक्रबार कारोबार नगर्ने भएको छ । 


    images
    images

    Logo