images
images

संघीय निजामती सेवा ऐन सुटुक्क ल्याउने तयारी


  • 531
    SHARES
  • २०७९ भाद्र ५ गते आइतबार

    संघीय निजामती सेवा ऐन सुटुक्क ल्याउने तयारी

    काठमाडौं । सरकारले संघीय शासनको मर्मविपरीत हुनेगरी संघीय निजामती सेवा ऐन सुटुक्क ल्याउने तयारी गरेको छ। संविधानको धारा ३२ मा संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध, सहकारिता, सहअस्तित्व र समन्वय सिद्धान्तमा आधारित हुने व्यवस्था गरिएको छ ।

    तर, यही प्रावधान पुरै बेवास्ता गर्दै केन्द्र सरकारसँग प्रदेश र स्थानीय तहको सम्बन्ध पूर्ण रूपमा विच्छेद हुनेगरी संघीय निजामती सेवा ऐन ल्याउन लागिएको हो। सो विधेयकको मस्यौदा हाल कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफलकै क्रममा छ।

    सरकारले कानुन मन्त्रालयबाट छिट्टै अनुमोदन गराएर सो विधेयकलाई प्रतिनिधिसभा पठाउने गृहकार्य अघि बढाएको छ । सम्भवत ुफास्ट ट्याकुबाटै विधेयक स्वीकृत गराउने खेलमा सरकार लागेको बताइएको छ। 


    images
    images

    Logo