images
images

मर्जरपश्चात बीमा कम्पनीका कर्मचारीको पद घटाउन नपाइने


  • 371
    SHARES
  • २०७९ आषाढ २० गते सोमबार

    मर्जरपश्चात बीमा कम्पनीका कर्मचारीको पद घटाउन नपाइने

    काठमाडौं । बीमा कम्पनीहरु एक आपसमा मर्जर गरे पश्चात कुनै पनि कर्मचारीको पद घटाउन नपाइने भएको छ । बीमा समितिले सोमबार परिपत्र जारी गदै दुईभन्दा बढी बीमा कम्पनीहरु गाभ्ने,गाभिने वा प्राप्ती हुने प्रकृयामा कुनै पनि बीमा कम्पनीका कर्मचारीको पद घटुवा नहुने व्यवस्था गरेको हो ।

    यसैगरी कम्पनीका कर्मचारीले खाइपाइ आएको तलब सुविधा नघट्ने भएको छ । श्रम ऐनमा अपवादबाहेकको अवस्थामा कामदार वा कर्मचारीले खाईपाई आएको सुविधा कटौती गर्न नपाइने प्रावधान रहेको छ ।

    साथै गाभ्ने,गाभिने संस्थाका कर्मचारीहरुको गाभिएर कायम हुने बीमकमा कार्यरत हुन इच्छुक नरहेका व्यवस्थापकीय तथा अन्य कर्मचारीहरुको हकमा उपयुक्त सुविधासहितको स्वेच्छिक अवकाशको योजना बनाइ लागु गर्नु पर्ने समेत समितिले जनाएको छ ।  

    beema.jpg

     


    images
    images

    Logo