काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले ६ वर्ष अवधिको लागि विकास ऋणपत्र २०८५ च जारी गरेको हो ।
उक्त ऋणपत्रको बोलकबोल मंगलबार हुनेछ । साे ऋणपत्रको व्याजदर बोलकबोलमार्फत नै निर्धारण हुने बैंकले जनाएकाे छ ।
उक्त ऋणपत्र खरिद गर्न चाहाने नागरिकले मंगलवार अनालाइन मार्फत बोलकबोल गनुपर्ने छ । खरिदकर्ताले घटीमा ५० हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमा नबढाइ ५० हजार रुपैयाँले भाग गर्दा निशेष भाग जाने अङ्क बराबर खरिद गर्न पाउने छन् ।
राष्ट्र बैंकले जारी गरेको ऋणपत्र बैंक तथा वित्तीय संस्था गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।