काठमाडौं । एनआईसी एशिया बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले संस्थापक समुहतर्फको कुल ७ लाख १९ हजार ९ सय ५० कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
सो शेयरको न्युनतम मूल्य ४ सय २५ रुपैयाँ तोकिएको छ भने उक्त शेयर न्युनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।
खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले के कति दर रेटमा खरिद गर्ने त्यसको विवरण खुलाई असार २७ गते भित्र बोलपत्र पेश गर्न बैंकले अनुरोध गरेको छ ।