images
images

असार २७ गतेदेखि नबिल र एनबी बैंकको एकीकृत कारोबार सुरु


  • 953
    SHARES
  • २०७९ आषाढ २० गते सोमबार

    असार २७ गतेदेखि नबिल र एनबी बैंकको एकीकृत कारोबार सुरु

    काठमाडौं । नबिल र नेपाल बंगलादेश (एनबी) बैंकले असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।  नबिल बैंकले एनबी बैंकलाई एक्वायर गरेपश्चात एकिकृत कारोबार गर्न लागेको हो।

    एक्विजिसन पश्चात नबिल बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुई बैंकको जेठ ७ गते सम्पन्न सभाले  एक्विजिसन प्रस्ताव पारित गरेका थिए । केन्द्रीय बैंकले यी दुई बैंकको एक्विजिसनको लागि असार १५ गते अन्तिम स्वीकृति दिएको थियो । 

    नबिलले एनबी बैंकलाई १००ः४३ शेयर स्वाप अनुपातमा एक्वायर गर्न लागेको हो । अर्थात, एनबी बैंकको १ सय कित्ता सेयर हुनेले एक्विजिसनपछि बन्ने नबिल बैंकको ४३ कित्ता शेयर पाउने भएका छन् ।


    images
    images

    Logo