images
images

१८ अर्ब १ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, ८ अर्ब ९१ करोडको नयाँ


  • 499
    SHARES
  • २०७९ आषाढ १९ गते आइतबार

    १८ अर्ब १ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, ८ अर्ब ९१ करोडको नयाँ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब १ करोड ६५ लाख ५० हजारको ट्रेजरी विल विक्री गर्ने भएको छ । सोमबार बैंकले सो रकम बराबरको ट्रेजरी विल विक्री गर्न लागेको हो । 

    बैंकका अनुसार ९१ दिन अवधिको लागि ९ अर्ब १० रुपैयाँ छुट्याइएको छ ।भने ३६४ दिन अवधिको लागि ८ अर्ब ९१ करोड ६५ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ । ९१ दिनको अवधिको बिल असोज १८ गते परिपक्व हुनेछ भने ३६४ दिन अवधिको बिल आगामी असार १९ गते परिपक्व हुनेछ । सो बिलमध्ये ८ अर्ब ९१ करोड ६५ लाख ५० हजारको नयाँ रहेको छ ।

    यी ट्रेजरी बिल सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । सो बिलको निष्काशन मंगलबार हुनेछ । 


    images
    images

    Logo