images
images

बीमाको पहुँच ३९‍‍‍‍.८३ प्रतिशत जनसंख्यामा, १ खर्ब ५३ अर्बको बीमाशुल्क संकलन


  • 430
    SHARES
  • २०७९ आषाढ १७ गते शुक्रबार

    बीमाको पहुँच ३९‍‍‍‍.८३ प्रतिशत जनसंख्यामा, १ खर्ब ५३ अर्बको बीमाशुल्क संकलन

    काठमाडौं । जीवन बीमाको पहुँच ३९.८३ प्रतिशत जनसंख्यामा पुगेको छ । बीमा समितिले सार्वजनिक गरेको विवरण अनुसार जेठ मसान्तसम्म कुल जनसंख्याको ३९.८३  प्रतिशतले जीवन बीमा गरेको देखाएको हो । 

    यो सङ्ख्या म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहितको हो । गत वर्षको सोही अवधिमा बीमाको दायरामा आएको जनसंख्या २७.१२ प्रतिशत रहेको थियो ।  नेपालको जनसंख्यालाई ३ करोड २ लाख मानेर उक्त पहुँचको दर गणना गरिएको हो ।

     म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक ४८ लाख ८२ हजार जनाले जीबन बीमा गरेका छन् । म्यादी जीवन बीमालेख सहित भने कुल बीमितको संख्या १ करोड २० लाख जनामा बीमाको पहुँच पुगेको छ । यो ३६.९३ प्रतिशत हो ।

    म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखलाई हटाउँदा भने अहिलेसम्म जनसंख्याको १६.१५ प्रतिशतले मात्रै जीबनबीमा पोलिसी किनेको बीमा समितिले जनाएको छ ।  

    जेठ मसान्तसम्ममा बीमा कम्पनीले कुल १ खर्ब ५३ अर्ब ६३ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको तुलनामा १९.२३ प्रतिशतले बढि हो । 


    images
    images

    Logo