काठमाडौं । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलरको हाल सम्मकै उच्च मूल्यमा पुगेको हो ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २६ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय २६ रुपैयाँ ६६ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । अब अमेरिकी १ डलर खरिद गर्न नेपाली १ सय २६ रुपैयाँ ६६ पैसा खर्च गर्नुपर्ने भएको छ ।
डलर निरन्तर रुपमा उकालो लागिरहेको छ । बिहिबार पनि डलरले उच्च मूल्य कायम गरेको थियो बिहिबार अमेरिकी डलर १ सय २६ रुपैयाँ ६५ पैसा पुगेको थियो । सो रेकर्डलाई तोड्दै आज पुनः नयाँ मूल्य कायम भएको छ ।