images
images

बैंकहरुको निक्षेपमा नयाँ रेकर्ड, निक्षेप ५० खर्बभन्दा माथि पुग्यो


  • 700
    SHARES
  • २०७९ आषाढ १६ गते बिहीबार

    बैंकहरुको निक्षेपमा नयाँ रेकर्ड, निक्षेप ५० खर्बभन्दा माथि पुग्यो

    काठमाडौं । बैंकहरुको निक्षेपको आकार ५० खर्बभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार बिहिबार नयाँ रेकर्ड राख्दै बैंकको निक्षेप ५० खर्ब ४ अर्ब रुपैयाँ पुगेको हो । 

    असार १४ गते ४९ खर्ब ९७ अर्ब पुगेको निक्षेप संकलन एकै दिन ७ अर्बले बढेर असार १५ गते ५० खर्ब ४ अर्बमा पुगेको छ । 

    कर्जा प्रवाह भने सामान्य वृद्धि भएको छ । असार १५ गते कर्जा प्रवाह २ अर्बले वृद्धि भएको छ । साे समयमा बैंकहरुको कर्जा लगानी ४७ खर्ब ९ रुपैयाँ पुगेको छ । असार १५ गतेसम्म वाणिज्य बैंकको सिडी रेसियो ८९ दशमलव ६ प्रतिशतमा झरेको  छ ।


    images
    images

    Logo