images
images

निर्जीवन बीमा कम्पनीले संकलन गरे ३४ अर्ब बीमाशुल्क, सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको


  • 431
    SHARES
  • २०७९ आषाढ १६ गते बिहीबार

    निर्जीवन बीमा कम्पनीले संकलन गरे ३४ अर्ब बीमाशुल्क, सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको

    काठमाडौं ।  निर्जीवन बीमा कम्पनीले जेठ मसान्तसम्ममा ३४अर्ब १५ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । संञ्चालन रहेका २० निर्जीवन बीमा कम्पनीहरुले जेठ महिनासम्ममा २५ लाख १७ हजार बीमालेखबाट सो बराबरको रकम संकलन गरेका हुन् ।

    बिहिबार बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार २० निर्जीवन बीमा कम्पनीहरुले जेठ महिनामा मात्रै १ लाख ६१ हजार बीमालेख बाट कुल २ अर्ब ९६ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 

    समितिको तथ्यांकअनुसार २० निर्जीवन बीमा कम्पनीमध्ये १७ वटाले अर्ब भन्दा धेरैको व्यवसाय गरेका छन् भने बाँकी ३ वटा कम्पनीको व्यवसाय करोड मै सीमित भएको छ ।

    निर्जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ यो अवधिमा शिखर इन्स्योरेन्सले ४ अर्ब ४० करोड ६३ रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । 

    त्यस्तै दोस्रो नम्बरमा रहेको सगरमाथा इन्स्योरेन्स कम्पनीले २ अर्ब ७९ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा तेस्रो नम्बरमा रहेको नेकोले २ अर्ब ६१ करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

    त्यस्तै जेठ महिनासम्ममा सबैभन्दा थोरै बीमाशुल्क संकलन गर्नेमा नेशनल इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीले ८० करोड १५ लाख  लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

     


    images
    images

    Logo