images
images

एकैदिन ९ अर्बले बढ्यो बैंकहरुको निक्षेप, कति पुग्यो सीडी रेसियो ?


  • 550
    SHARES
  • २०७९ आषाढ १६ गते बिहीबार

    एकैदिन ९ अर्बले बढ्यो बैंकहरुको निक्षेप, कति पुग्यो सीडी रेसियो ?

    काठमाडौं । बैंकहरुले निक्षेप एकैदिन ९ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार असार १४ गते सो बराबरको रकम बैंकहरुमा थपिएको हो । 

    राष्ट्र बैंकका अनुसार असार १३ गते ४९ खर्ब ८८ अर्ब रुपैयाँ रहेको निक्षेप १४ गते एकैदिन ९ अर्ब रुपैयाँले बढेर ४९ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेको छ । १३ गते ४४ खर्ब ३ अर्ब रहेको निक्षेप १४ गते हुँदा एकैदिन ७ अर्बले बढेर ४४ खर्ब १० अर्ब रुपैयाँमा पुगेको छ । 

    त्यसैगरि, सो समयमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको पनि निक्षेपमा वृद्धि भएको छ । १३ गते ५ खर्ब ८५ अर्ब रुपैयाँ रहेको निक्षेप १४ गते १ अर्ब रुपैयाँले बढेर ५ खर्ब ८६ अर्ब रुपैयाँमा पुगेको छ । सोही समयमा वाणिज्य बैंकहरुको कर्जा लगानी केही बढेपनि अन्य बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने स्थिर रहेको छ । 

    असार १४ गते जाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ७६ अर्ब रुपैयाँमा पुगेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरु कर्जा लगानी ५ अर्ब ३० अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, सो समयमा बैंकहरुको सीडी रेसियो पनि घटेको छ । असार १४ गते बैंकहरुको सीडी रेसियो ८९.२६ प्रतिशतबाट घटेर ८९.१४ प्रतिशत रहेको छ भने अन्तरबैंक व्याजदर ७ प्रतिशत रहेको छ । 


    images
    images

    Logo