काठमाडौं । डिप्रोक्स लघुवित्तका संस्थापक शेयर विक्रीमा रहेको छ । कम्पनीले संस्थापक समुहतर्फको कुल १ लाख २८ हजार ८ सय १२ कित्ता बीक्री गर्न लागेको हो ।
लघुवित्तले विक्री गर्न लागेका उक्त शेयरको न्युनतम मूल्य प्रतिकित्ता ५ सय ८ रुपैयाँ तोकेको छ । खरिद गर्न एच्छुक नागरिक वा संघ संस्थाले सो भन्दा बढि रकममा बोलपत्र पेश गनुपर्नेछ । उक्त शेयरमा न्युनतम १ सय किक्तका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
लघुवित्तले उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संस्थाले असार २३ गते भित्रमा संस्थापक शेयरधनीहरुले शेयर खरिद गर्न चाहेमा तोकिएको अवधिभित्र बिक्री प्रबन्धक एनआइबीएलएस क्यापिटल लाजिम्पाट काठमाडौमा प्रतिकित्ता के कति रेटमा किन्ने हो सो को विवरण खुलाई गोप्य बोलपत्र पेश गर्न आग्रह गरेको छ ।



