images
images

आज पनि नयाँ मूल्य कायम गर्दै डलर, हालसम्मकै महंगो बन्यो


  • 469
    SHARES
  • २०७९ आषाढ १६ गते बिहीबार

    आज पनि नयाँ मूल्य कायम गर्दै डलर, हालसम्मकै महंगो बन्यो

    काठमाडौं । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलरको हाल सम्मकै उच्च मूल्यमा पुगेको हो । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २६ रुपैयाँ ५ पैसा र बिक्रीदर १ सय २६ रुपैयाँ ६५ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । अब अमेरिकी १ डलर खरिद गर्न नेपाली १ सय २६ रुपैयाँ ६५ पैसा खर्च गर्नुपर्ने भएको छ । 

    डलर निरन्तर रुपमा उकालो लागिरहेको छ । बुधबार पनि डलरले उच्च मूल्य कायम गरेको थियो बुधबार अमेरिकी डलर  १ सय २६ रुपैयाँ ३४ पैसा पुगेको थियो । सो रेकर्डलाई तोड्दै आज पुनः नयाँ मूल्य कायम भएको छ ।

    यस्तै, युरो एकको खरिद दर १ सय ३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ २५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ५३ रुपैयाँ ४७ पैसा र बिक्री दर १ सय ५४ रुपैयाँ २० पैसा रहेको छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३६ पैसा र बिक्री दर ३४ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    binimaya 1.JPG


    images
    images

    Logo