काठमाडौं । धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्र्ता संख्या बढाएको छ । बोर्डले ६ वटा संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो ।
बोर्डले असार १४ गते गौरव नेपाल इन्भेष्टमेन्ट, नबिल ब्यालेन्स फण्ड-३, पशुपति भेञ्चर क्यापिटल, समृद्धि फाइनान्स कम्पनी, कामना सेवा विकास बैंक र सिद्धार्थ व्यवस्थित लगानी याेजना रहेका छन् । योसगैँ संस्थागत लगानीकर्ताको संख्या १०६ पुगेको छ ।