काठमाडौं । नबिल बैंकले संस्थापक समुहको २८ हजार ५ सय ८९ कित्ता संस्थापक शेयर विक्रीमा रहेको छ । सो शेयरमा संस्थापक समुहबाट आवेदन नपरेपछि अब बैंकले सर्वसाधारणका लागि विक्री गर्ने भएको हो ।
उक्त शेयर खरिदका लागि इच्छुक खरिदकर्ताले आजको ७ दिन भित्रमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
उक्त शेयर खरिद पश्चात संस्थापक शेयरधनी समुहमा नै रहने समेत बैंकले जनाएको छ ।