images
images

इसेवाको आकर्षक अफर, केबलकारको टिकट काट्दा हिराको हार, आइफोन साथै थुप्रै पुरस्कार जित्न माैका


  • 655
    SHARES
  • २०७९ आषाढ १४ गते मंगलबार

    इसेवाको आकर्षक अफर, केबलकारको टिकट काट्दा हिराको हार, आइफोन साथै थुप्रै पुरस्कार जित्न माैका

    काठमाडौं । इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ । यस योजना अन्तरगत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार,एक जनाले आइफोन १३, एक जनाले स्माार्ट टिभि र एक जनाले वासिङ्ग मेसिन जित्न सकिनेछ । साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले आफुले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन् । 

    विजेताहरु गोलाप्रथा मार्फत चयन गरिनेछ । यस योजनामा इसेवा मार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन् । यस योजनामा सहभागी हुन इसेवामा भेरिफाइ (प्रमाणित ) भएको हुनुपर्नेछ । अनलाइनमार्फत कारोबारमा प्रोत्साहन  गर्नका लागि इसेवाले विभिन्न समयमा यस किसिमका कार्यक्रम सार्बजनिक गर्दै आएको छ । 

    इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ । 


    images
    images

    Logo