images
images

धितोपत्र बोर्डले माग्यो नीति तथा कार्यक्रमको लागि सुझाव


  • 367
    SHARES
  • २०७९ आषाढ १३ गते सोमबार

    धितोपत्र बोर्डले माग्यो नीति तथा कार्यक्रमको लागि सुझाव

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले नीति तथा कार्यक्रमका लागि राय तथा सल्लाह सुझाव माग गरेको छ । बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी आ।व। २०७९/८० को नीति तथा कार्यक्रमका लागि राय तथा सल्लाह सुझाव माग गरेको हो।

    बोर्डले सम्बन्धित सबै सरोकारवालाहरुसँग बजारको विकास, विस्तार,तथा सुधारको लागि सल्लाह तथा सुझाव दिन अनुरोध गरेको हो । बोर्डले असार २० गतेसम्म आफ्नो सुझाव research@sebon.gov.np मा पठाउन आग्रह गरेको छ ।

    बोर्डबाट आगामी आर्थिक वर्षका लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमको मस्यौदा कार्य भैरहेको बोर्डले जनाएको छ  । 


    images
    images

    Logo