images
images

२६ अर्ब १० करोड ट्रेजरी विल जारी गर्दै  राष्ट्र बैंक, ५ अर्बको नयाँ


  • 460
    SHARES
  • २०७९ आषाढ १२ गते आइतबार

    २६ अर्ब १० करोड ट्रेजरी विल जारी गर्दै  राष्ट्र बैंक, ५ अर्बको नयाँ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २६ अर्ब १० करोड ट्रेजरी विल विक्री गर्ने भएको छ । सोमबार बैंकले २६ अर्ब १० करोड बराबरको ट्रेजरी विल विक्री गर्न लागेको हो । 

    बैंकका अनुसार २८ दिन अवधिको लागि २ अर्ब रुपैयाँ छुट्याइएको छ ।त्यस्तै, ९१ दिन अवधिको लागि ९ अर्ब १० करोड रुपैयाँ छुट्याइएको छ । यसका साथै १ सय ८२ दिनको लागि अवधिको लागि १० अर्ब रुपैयाँ छुट्याइएको छ । ३ सय ६४ दिन अवधिको लागि ५ अर्ब रुपैयाँको छुट्याइएको छ । सो मध्ये ३ सय ६४ दिन अवधिको ५ अर्ब रुपैयाँको नयाँ विल रहेको छ । 


    २८ दिनको अवधिको विलको लागि साउन १० गते परिपक्व हुनेछ भने ९१ दिन अवधिको बिल आगामी असोज ११ गते परिपक्व हुनेछ ।  त्यस्तै, १ सय ८२ दिन अवधिको बिल आगामी पुस १२ परिपक्क हुनेछ भने ३ सय ६४ दिनको लागि आगामी असार १२  गते परिपक्क हुनेछ ।  

    यी ट्रेजरी बिल सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।


    images
    images

    Logo